Rule 11B
पूरक वातावरणीय प्रभाव मूलल्याङ्कनको लागि निवेदन दिनु पर्ने
एक पटक स्वीकृत भई सकेको प्रस्तावमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने र त्यसबाट वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने नदेखिएमा प्रस्तावकले त्यस्तो प्रस्तावको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि परिवर्तन गर्नु परेको कारण र वातावरणमा पर्न सक्ने असरहरुका बारेमा विश्लेषण गरी वातावरणीय परिसूंचक बमोजिमको तुलनात्मक तालिका र अन्य आवश्यक पुष्ट्याईं सहित पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको लागि सम्बन्धित निकायमा निवेदन दिनु पर्नेछ ।